पहिलो क्वालिफायरमा गुजरात र राजस्थान भिड्दै

सहयात्रा टिभी

काठमाण्डौ । ज्येष्ठ १०, इन्डियन प्रिमियर लीग आईपीएल टी ट्वान्टी क्रिकेटको पहिलो क्वालिफायर खेल आज मंगलवार हुँदैछ ।

पहिलो क्वालिफायरमा गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । कोलकत्तामा हुने क्वालिफायर खेल राति ७.४५ बजे शुरू हुनेछ।

आज दुबै टोली जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन् । यस खेलको विजेता फाइनल पुग्नेछन् । पराजित हुने टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्न पाउने छन् ।

नवप्रवेशी गुजरात पहिलो सिजनमै प्लेअफ पुगेको हो । गुजरातले २० अंक जोडेर शीर्ष स्थानमा रहदै क्वालिफायर खेल्न लागेको हो ।

राजस्थान भने दोस्रो स्थानमा रहदै क्वालिफायर खेल्न लागेको हो । राजस्थानले लिग चरणमा १८ अंक जोडेको थियो ।

लीग चरणको भेटमा गुजरातले राजस्थानलाई हराएको थियो । मुम्बईमा भएको खेलमा गुजरात ३७ रनले विजयी भएको थियो ।

प्रकाशित : 24 May, 2022

प्रतिक्रिया दिनुहोस्