सडक र गल्ली गल्लीमा फोहोरको डङ्गुर

सहयात्रा टिभी

काठमाण्डौ । ज्येष्ठ १०,  पछिल्ला दिनहरुमा वर्षाका कारण झन् सङ्क्रमणजन्य रोगको जोखिम बढेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

त्यसमाथि यो मौसममा विभिन्न सङ्क्रमणजन्य रोग देखिने समय नै रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुन बताउँछन् ।

विशेष गरी गर्मी र प्रि मनसुन तथा मनसुनमा झाडापखाला, हैजा, मलेरिया, डेंगु, हेपटाइटिस ए र इ, चिकुनगुनिया, लेप्टोस्पाइरोसिस, कालाजार, टाइफाइड, ठेउला, दादुरा, रुघाखोकी, आउँ लगायतका रोग देखिने गर्छन् ।

सङ्क्रमणजन्य रोग फैलिने समयमा काठमाडौँमा फोहोर व्यवस्थापन नहुँदा झन् जोखिम बढेको चिकित्सकहरू बताउँछन् । डा।पुनका अनुसार मुख्यतः पेटजन्य रोगहरू पानी र सरसफाइको कमी हुँदा लाग्ने गर्छ ।

 

प्रकाशित : 24 May, 2022

प्रतिक्रिया दिनुहोस्