भरतपुरमा मेयर सत्ता गठबन्धनका दुवै मेयर र उपमेयर उम्मेदवार विजयी

सहयात्रा टिभी

काठमाण्डौ । ज्येष्ठ १०, मेयरमा पुन नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन् । निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न भने बाँकी छ ।

दाहालले ५२ हजार ३० र नेपाली कांग्रेसका उपमेयर उम्मेदवार अधिकारीले ५२ हजार ८०३ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३९ हजार ५ सय ८१ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत ल्याएका छन् ।

उपमेयर उम्मेदवार राप्रपाकी हिमला गुरुङले ३० हजार ६ सय १२ मत ल्याएकी छन् । महानगरमा कूल एक लाख २७ हजार ५६६ मत खसेको थियो ।

सशस्त्र द्वन्द्वकालमा रोल्पामा सहइन्चार्ज, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव रहेकी दाहाल काठमाण्डूकी जिल्ला सचिव हुँदै पोलिटब्युरो सदस्यको समेत रहिन् । प्रवासमा अखिल महिला समाजकी केन्द्रीय समिति अध्यक्ष समेत भइन् ।

प्रकाशित : 24 May, 2022

प्रतिक्रिया दिनुहोस्