अर्घाखाँचीमा ४ केजी गाँजासहित एक जना पक्राउ

सहयात्रा टिभी

काठमाण्डौ । ज्येष्ठ १०, अर्घाखाँचीको पाणिनि गाउँपालिकामा चार केजी गाँजासहित एक जना पक्राउ परेका छन् ।

पाणिनि ४ देउरालीबाट बुटबल लैजाँदै गरेको चार केजी गाँजासहित गुल्मी मदाने गाउँपालिका १ अग्लुंगका २९ वर्षीय सन्तोष चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो ।

पक्राउ परेका चन्दमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 24 May, 2022

प्रतिक्रिया दिनुहोस्