४० वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिने

सहयात्रा टिभी

काठमाण्डौ । ज्येष्ठ ११, ४० वर्ष माथिका नागरिकको वर्षमा एकपटक आधारभूत स्वास्थ्य परीक्षण निःशुल्क गरिने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ४० वर्षभन्दा माथिका नागरिकको वर्षमा एक पटक आधारभूत स्वास्थ्य परीक्षण निः शुल्क गर्ने बताइन्।

आधारभूत स्वास्थ्य परीक्षणमा रक्तचाप, पिसाब, अल्बुमिन, मधुमेहलगायत जाँच पर्दछन्। त्यस्तै किशोरीहरूलाई पाठेघरमुखको क्यान्सरविरुद्धको खोप दिइने भएको छ।

प्रकाशित : 25 May, 2022

प्रतिक्रिया दिनुहोस्