सांसदबाट राजीनामा दिएर मेयर लडेका आजाद पनि पराजित

सहयात्रा टिभी

काठमाण्डौ । ज्येष्ठ ११, मधेस प्रदेशको सांसद पदबाट राजीनामा दिएर मेयरमा चुनाव लडेका शेख अबुलकलाम आजाद पराजित भएका छन्।

जनता समाजवादी पार्टी जसपाबाट आजाद रौतहटको गढीमाई नगरपालिकाको मेयरमा चुनाव लडेका थिए । उनलाई नेपाली कांग्रेसका श्यामप्रसाद यादव पराजित गरेका हुन् ।

यादवले ८ हजार ६३१ मत ल्याउँदा आजादले ८ हजार ७३ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आजाद २०७४ को निर्वाचनमा स्वतन्त्रबाट प्रदेश सांसदमा विजयी भएका थिए । लोकप्रियताका कारण प्रदेश सांसद बनेका उनी जसपामा प्रवेश गरेका थिए । तर सांसदबाट राजीनामा दिएर मेयरमा भिडे पनि जित हासिल गर्न सकेनन् ।

प्रदेश सांसदबाटै राजीनामा दिएर सर्लाहीको गोडैत नगरपालिकाको मेयरमा चुनाव लडेका नेपाली कांग्रेसका उपेन्द्र कुशवाहा पनि पराजित भइसकेका छन् ।

प्रकाशित : 25 May, 2022

प्रतिक्रिया दिनुहोस्