युक्रेन युद्धको तीन महिना, सुस्त गतिमा भए पनि लक्ष्यतर्फ बढ्दै रुस

काठमाण्डौ । ज्येष्ठ ११, युक्रेनमाथि आक्रमणको तीन महिना पुग्दा रुसी सेना र डोनेत्सक तथा लुगान्स्कका सुरक्षाबलहरू युक्रेनका विभिन्न स्थानमा सैन्य कारवाही चलाइरहेका छन् ।
लिमान शहर नजिकको क्षेत्रलाई सुरक्षित बनाएपछि रुसी सैन्य इकाइहरूले उक्त शहरमा आक्रमण गरेका छन् । युक्रेनी सेनाको पोजिसनमा व्यापक आर्टिलरी आक्रमणपछि रुसी सैनिकहरू लिमानमा उत्तरपूर्वी दिशाबाट पसेका हुन् ।
मंगलवारसम्म लिमानको अधिकांश भाग रुसीहरूको नियन्त्रणमा पुगेको छ । युक्रेनी इकाइहरूले दक्षिणपश्चिममा रहेका बाहिरी भागमा पोजिसन लिएका छन् ।
त्यस्तै रुसी सैनिकहरू पोपास्नायाबाट विभिन्न दिशामा अघि बढिरहेका छन् ।