‘प्रेमगन्ज’ को पहिलो गीत ‘तरबार’

काठमाण्डौ । ज्येष्ठ १२, भदौ ३ मा सार्वजनिक हुन लागेको चलचित्र ‘प्रेमगन्ज’ले पहिलो गीत सार्वजनिक गरेको छ।
एक औपचारिक कार्यक्रम गर्दै फिल्मको गीत मंगलबार सार्वजनिक गरिएको हो। गीतमा नृत्य गरेकी अभिनेत्री बेनिशा हमालले गीत र फिल्मलाई लिएर आफू उत्साहित रहेको प्रतिक्रिया दिएकी छन्।
परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको यो फिल्मबाट तेज गिरीले डेब्यू गर्दै छन्। बैंकरसमेत रहेका तेज गिरीले फरक पेशाबाट फिल्म क्षेत्रमा आउँदा माया र आशीर्वादको खाँचो रहेको बताए।
उनले इमान्दारीका साथ फिल्म बनाएकाले दर्शकलाई साथ दिन पनि आग्रह गरे। गीतमा तेज गिरीको पनि अभिनय रहेको छ।
चलचित्र चौतारीको पहिलो प्रस्तुति ‘प्रेमगन्ज’लाई स्पट ब्वाई राजु फुयालको सहयोगार्थ निर्माण गरिएको हो। फिल्ममा अनन्तमान श्रेष्ठ कार्यकारी निर्माताको भूमिकामा छन्।
कार्यक्रममा निर्माता अनन्तमानले फिल्म क्षेत्रमा कर्पोरेट क्षेत्रको पनि लगानी रहनुपर्छ तब मात्र यो क्षेत्रको उन्नति हुन्छ भन्ने सोचसहित फिल्म निर्माणमा संलग्न भएको धारणा राखे।