बालेनले कटाए ६० हजार मत, सुनिताले पाइन् ६६ हजार

सहयात्रा टिभी

काठमाण्डौ । ज्येष्ठ १२, काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।

जारी मतगणनाअनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साहले ६० हजार मत कटाएका छन् । उनी विजयी हुने निश्चित बुधबार भइसकेको छ।

गन्न बाँकी मतभन्दा निकटतम प्रतिद्वन्द्वीसँग मतान्तर बढी रहेकाले बालेनले जित सुनिश्चित भएको हो।

उनले नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिहं र नेकपा एमालेका केशव स्थापितलाई निकै पछि पारे ।

त्यस्तै, उपमेयरतर्फ नेकपा एमालेकी सुनिता डंगोलले ६६ हजार मत कटाएकी छन् । उनले सबैभन्दा धेरै मत पाएकी छन् । उनका प्रतिस्पर्धी नेकपा एसका रामेश्वर श्रेष्ठले करिब २३ हजार मत पाएका छन् ।

प्रकाशित : 26 May, 2022

प्रतिक्रिया दिनुहोस्