पाकिस्तानको ‘रेड जोन’मा सेना परिचालन

सहयात्रा टिभी

काठमाण्डौ । ज्येष्ठ १२, पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआई नेता इमनरान खानले नेतृत्व गरेको जुलुसका कारण बढ्दो अशान्ति नियन्त्रण गर्न भन्दै प्रधानमन्त्री शेहबाज सरिफ नेतृत्वको सरकार ‘रेड जोन’ सुरक्षाका लागि सेना परिचालन गर्न बाध्य भएको छ ।

अदालत, संसद भवन, राष्ट्रपति भवनलगायतका महत्वपूर्ण क्षेत्रमा सरकारले सेना परिचालन गरेको हो ।

सरकारी सुरक्षा फौजको अवरोधबीच खानले नेतृत्व गरेको जुलुस बिहीबार बिहानै राजधानी इस्लामाबाद प्रवेश गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

राजधानी इस्लामाबाद क्षेत्रको कानून र व्यवस्थाको अवस्थालाई ध्यानमा राख्दै सरकारले इस्लामिक गणतन्त्र पाकिस्तानको संविधानको धारा २४५ अन्तर्गत दिइएको शक्तिको प्रयोगमा पर्याप्त संख्यामा सेना परिचालन गर्ने अधिकार दिइएको छ ।

पाकिस्तानको गृहमन्त्री राना सनाउल्लाहले ट्वीटरमा पोस्ट गरेको सरकारी आदेशमा उल्लेख छ ।

प्रकाशित : 26 May, 2022

प्रतिक्रिया दिनुहोस्