जिनियस म्युजिक अवार्ड असारमा हुने

सहयात्रा टिभी

काठमाण्डौ । ज्येष्ठ १२, ‘दोस्रो जिनियस म्युजिक अवार्ड’ घोषणा गरिएको छ । त्यस्तै गरी जिनियस म्युजिक अवार्ड २०७९ को आवेदन समेत खुला भएको छ ।

आयोजकले  एक विज्ञप्तिमार्फत अवार्डका लागि आवेदन खुला भएको जनाएको हो । सहभागीताका लागि कम्पनीको आधिकारिक वेबसाइट मार्फत आवेदन फर्म भर्न सकिने आयोजक जिनियस म्युजिकका प्रवन्ध निर्देशकले जानकारी दिए ।

अवार्डमा २०७७ साल वैशाख १ गतेदेखि २०७९ बैशाख मसान्तसम्म सार्वजनिक भएका नेपाली गीत संगीतले सहभागीता जनाउन सक्नेछन् ।
असारको अन्तिम साता एक कार्यक्रम सहित आयोजना हुने अवार्डमा गायक, गायिका, शब्द, संगीत, मोडल लगायत विभिन्न ४१ विधामा अवार्ड वितरण गरिनेछ । कार्यक्रममा संगीतकर्मी तथा कला पत्रकारलाई समेत पुरस्कृत गरिने आयोजले जनाएको छ ।

प्रकाशित : 26 May, 2022

प्रतिक्रिया दिनुहोस्