शरीर दुब्लो भयो ? यसरी बढाउनुहोस् तौल

हरेक दुब्लोपन भएका मानिसको चाह मोटाउने हुन्छ । तर अनेकन कोशिशका बावजुद पनि उनिहरु मोटाउन सक्दैनन् । तर दुब्लोपन भएका वयस्क मानिसले निम्न कुरा सेवन गरेर छोटो समयमै तौल बढाउन सक्छन् ।
यस्तो छ, दुब्लोपन भएका मानिसले तौल बढाउन खाने दैनिक खाना तालिका :
– बिहानीको खाजा – दुईवटा पाउरोटी, दूध, अण्डा, केही ओखर, काजु, बदाम
– बिहानीको खाना – भात, दाल र तरकारी (तरकारीमा आलुलाई बढी खाने)
– दिउँसोको खाजा – टुसा उमारेको चना, कार्बोहाइड्रेड भएका खाजा, गुलिया फलफूल
– बेलुकीको खाना – दाल, भात, तरकारी । मांसाहारी भए माछामासु, शाकाहारी भए पनिर, दुध वा घिउ खाने ।
– दिनभरमा दुई पटक खाली समयमा दही वा दूधसँग केरा खाने ।