राहदानी विभाग आइतबार पनि खुल्ने

सहयात्रा टिभी

काठमाडौँ । जेठ १३, राहदानी विभागले बिदाको दिन आइतबार पनि सेवा प्रदान गर्ने भएको छ ।

विद्युतीय राहदानी सहज रूपमा उपलब्ध गराउने सरकारको नीति अनुसार आउँदो आइतबार अर्थात् जेठ १५ गतेदेखि सार्वजनिक बिदाको दिन आइतबार पनि राहदानीसम्बन्धी सेवा प्रदान गर्ने विभागले जनाएको छ ।

सरकारको आर्थिक वर्ष २०८९ /८० को नीति तथा कार्यक्रममा पनि विद्युतीय राहदानी सरल र सहज रूपमा उपलब्ध गराउने भनिएको छ । सरकारले आइतबार पनि सार्वजनिक बिदा दिएपछि विभागमा सेवाग्राहीको चाप बढेको छ ।

यही चापलाई मध्यनजर गर्दै विभागले आउँदो आइतबारदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म विभाग खुल्ने सूचना जारी गरेको छ । यो समयमा राहदानीको लागि आवेदन दिएकाहरुले विभागमा गएर राहदानी सम्बन्धी सेवा लिन सक्नेछन् ।

प्रकाशित : 27 May, 2022

प्रतिक्रिया दिनुहोस्