आज संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौँ । जेठ १३, आज शुक्रबार पनि संघीय संसदअन्तर्गत दुवै सदनका बैठक बस्दैछन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १० गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी हुने कार्यसूची रहेको छ ।

प्रकाशित : 27 May, 2022

प्रतिक्रिया दिनुहोस्