भेडालाई तीन वर्षको जेल सजाय

सहयात्रा टिभी

काठमाडौँ । जेठ १३, अन्तर्राष्टिय संचार माध्यमहरुले जानाकारी गराए अनुसार दक्षिण सुडानको रुबेक इस्ट नामक क्षेत्रमा एक भेडाले ४० वर्षिया महिला एन्डियु चेपिङ नामक महिलालाई शिरले हमला गरेको थियो ।

मानिसलाई हानी पुर्याएको भनेर कुनै जनावरलाई सजाय दिइएको विरलै सुनेका होला तर हालै मात्र दक्षिण सुडानमा एक भेडालाई महिलाको मृत्‍युको कारण ठहर गर्दै ३ वर्ष जेल सजाय सुनाइएको छ ।

भेडा मालिकलाई भने अदालतले दोषी ठहर गरेको छैन तर मृतकको परिवारलाई ५ वटा गाई दिने निर्णय भने सुनाएको छ । अदालतको यो आदेशलाई दक्षिण सुडानमा रगत क्षतिपूर्ति पनि भनिन्छ।

दक्षिण सुडानको कानुन बमोजिम भेडाले सजाय काटेर आएपछि सो भेडा पीडित परिवारलाई दिइनेछ ।

प्रकाशित : 27 May, 2022

प्रतिक्रिया दिनुहोस्