जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

काठमाडौँ । जेठ १५, पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।
१९ जना यात्रु लिएर बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको तारा एयरको ‘९ एनएईटी’ टि्वनअटर विमान सम्पर्कविहीन भएको हो ।
तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा नआएपछि खोजविन सुरु भएको छ ।
प्राधिकरणका अनुसार बिहान उडेको केहीबेरमै राडारको सञ्चार सम्पर्कबाट अफ देखाएको थियो ।