जेठ २१ मा प्लाटिनममा कालीप्रसादको कन्सर्ट

सहयात्रा टिभी

काठमाडौँ । जेठ १५, स्थानीय तहको निर्वाचनका कारण रोकिएको गायक, गीतकार तथा संगीतकार कालीप्रसाद बासकोटाको एकल कन्सर्ट ‘कालीप्रसाद बासकोटा लाइभ’ यही जेठ २१ गते अर्थात ४ जुनमा दरबारमार्गको क्लब प्लाटिनममा हुने भएको छ ।

कार्यक्रमको प्रस्तुतकर्ता पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट पीभीइ नेटवर्क हो ।कालीका अनुसार कोभिड महामारीपछि काठमाडौंमा उनको यो पहिलो प्रस्तुती हुनेछ । उनले गाएका गीतहरु ‘जालमा’, ‘निर’, ‘साली मन पर्यो’लगायत लोकप्रिय छन् ।

काली केही समयअघि सम्पन्न गायन रियालिटी शो ‘सा रे ग म प’को निर्णायकसमेत हुन् । यसबाहेक उनले ‘नेपाल आइडल’को सिजन १, २ र ३ मा पनि निर्णायकको भूमिका निभाइसकेका छन् ।

प्रकाशित : 29 May, 2022

प्रतिक्रिया दिनुहोस्