कक्षा-१२ को परीक्षा आजदेखि

सहयात्रा टिभी

 

काठमाडौँ । जेठ १६, कक्षा-१२ को परीक्षा आजदेखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले देशभर एकैसाथ परीक्षा सुरु हुने जनाएको छ ।

बिहान ८ बजेदेखि परीक्षा सुरु हुनेछ । बोर्डका अनुसार यो वर्ष करिब चार लाख १५ परीक्षार्थी सहभागी हुनेछन् । परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।

योपटक पनि परीक्षा सुरु हुनुभन्दा आधा घण्टाअघि अनलाइनबाट प्रश्नपत्र सम्बन्धित परीक्षा केन्द्रमा पठाइने बोर्डले जनाएको छ ।

विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर) मा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्नपत्र पठाउने व्यवस्था गरेपछि यस वर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाउने व्यवस्था गरिएको हो।

यसैबीच कक्षा ११ को परीक्षा पनि आजदेखि नै सञ्चालन हुनेछ। कक्षा ११ को परीक्षा भने विद्यालयले नै सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ ।

प्रकाशित : 30 May, 2022

प्रतिक्रिया दिनुहोस्