घटनास्थल पुगेका स्थानीय भन्छन् : शवहरु क्षतविक्षत अवस्थामा छ

काठमाडौँ । जेठ १६, तारा एयरको दुर्घटनाग्रस्त स्थलमा पुगेका स्थानीयले शवहरु क्षतविक्षत अवस्थामा रहेको बताएका छन् ।
घटनास्थलमा नेपाल प्रहरीको टोली पुगिसकेको छ । उद्धार टोलीले शव संकलनको तयारी गरिरहेको घटनास्थलमा रहेका स्थानीय इन्द्र सिंह शेरचनले बताए ।
उनले भने, ‘लासहरु क्षतविक्षत अवस्थामा छ , कसैको लास चिन्न सक्ने अवस्थामा रहेको छैन ।’
शवहरुलाई कसरी संकलन गरी ल्याउने भन्ने विषयमा घटनास्थलमा रहेका उद्दारकर्मीहरुले छलफल गरिरहेको घटनास्थानमा रहेको स्थानीय शेरचनले बताए ।
एउटा हेलिकप्टर घटनास्थलमा पुगिसकेको छ भने अर्को सेनाको एमआई १७ हेलिकप्टर कुवाङबाट भर्खर उडेको छ ।