आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

सहयात्रा टिभी

काठमाडौँ । जेठ १६, देशका केही स्थानमा आज पनि मौसम बदली रही वर्षाको सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

आज आंशिकदेखि सामान्य बदली रही रहने महाशाखाले जनाएको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आज राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। मधेश प्रदेशका थोरै भू-भागमा वर्षा र प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक- दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग र हावा हुरी सहित हल्का वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार भोलि (मंगलबार) पनि मौसम बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग र हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित : 30 May, 2022

प्रतिक्रिया दिनुहोस्