रियल कीर्तिमानी १४औं पटक च्याम्पियन

काठमाडौँ । जेठ १६, स्पेनिस ला लिगा क्लब रियल मेड्रिड कीर्तिमानी १४औं पटक यूईएफए च्याम्पियन्स लिगको विजेता बनेको छ ।
इंग्लिस प्रिमियर लिग क्लब लिभरपुललाई १.० गोलअन्तरले पराजित गर्दै रियल कीर्तिमानी १४औं पटक च्याम्पियन बनेको हो ।
सन् २०१८ पछि च्याम्पियन बन्न सफल भएको रियल कीर्तिमानी १४औं पटक उपाधि जित्न सफल भएको हो ।
पछिल्लो सिजनमा रियलले पाँचौं पटक च्याम्पियन्स लिग उपाधि जितेको हो । यो सन् २०१४ मा सुरु भएको थियो, जतिबेला रियलले फाइनलमा आफ्नै सहरी प्रतिद्वन्दी एट्लेटिको मेड्रिडलाई हराएको थियो ।
त्यसपछि रियलले लगातार ह्याट्रिक उपाधि जित्न सफल भएको थियो । पेरिसमा शनिबार राति भएको खेलमा रियललाई च्याम्पियन बनाउन दोस्रो हाफमा ब्राजिली विंगर फरवार्ड भिनिसियस जुनियरले गरेको गोल नै निर्णायक बन्यो ।
उनले ५९औं मिनेटमा फेडे भाल्भेर्डेको पासमा गोल गरेका थिए । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको ४२औं मिनेटमा करिम बेन्जेमाले गोल गरेपनि भिएआरमा अफसाइड ठहरिदा गोलले मान्यता पाएन ।
खेलको ५८औ मिनेटमा मोहम्मद सलाहको प्रयासलाई डेभिड अलाबा र गोलरक्षक कोर्टुवाले ब्लक गर्दै रियलको संकट टारे । ल
गत्तै काउन्टर अट्याकमा फेडे भाल्भेर्डेको पासमा एलेक्सान्डर आर्नोल्डलाई बिट गर्दै भिनिसियस जुनियरले ६ यार्ड बक्सबाट सहज फिनिस गर्दै रियललाई अग्रता दिलाएका थिए ।
रियलसँगको हारसँगै लिभरपुल यो सिजन तीन उपाधि जित्न सकेन । यो सिजन चार उपाधि जित्ने संघारमा रहेको लिभरपुल दुई उपाधिमा खुम्चियो ।
लिग कप र एफए कप जितेको लिभरपुल प्रिमियर लिग र च्याम्पियन्स लिगको उपाधिबाट बञ्चित बन्यो ।
त्यस्तै, लिभरपुलले २०१८ मा भोगेको हारको बदला लिनसमेत असफल रह्यो । लिभरपुल त्यतिबेला ३.१ ले पराजित भएको थियो ।
रियलसँग हारेसँगै पछिल्लो ५ सिजनमा तेस्रोपटक फाइनल खेलेको लिभरपुलले एसी मिलानसँगको उपाधि बराबरी गर्ने अवसर समेत गुमायो । मिलानले सातपटक तथा रियलले ६ पटक उपाधि जितेको छ ।