१० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल सुरु

सहयात्रा टिभी

काठमाडौँ । जेठ १६, १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२२’ आइतबारबाट सुरु भएको छ ।

जमलस्थित राष्ट्रिय नाचघरमा सुरु भएको छ । महोत्सवको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले गरेका थिए ।

नेपालसहित १५ देशका २६ फिल्महरु सहभागी महोत्सवमा नेपालका १२ र विदेशका १४ रहेका छन् । यो महोत्सव मंगलबारसम्म चल्नेछ ।

कार्यक्रमका विकास बोर्ड​ अध्यक्ष दाहालले महोत्सव आयोजना गर्नु आफैंमा सराहनीय कार्य भएको बताए । उनले महोत्सवले नेपालमा विदेशी चलचित्रको प्रवर्द्धनलाई मद्दत पुग्ने धारणा राखे ।

आयोजक संस्थाकी अध्यक्ष तथा महोत्सव संयोजक डा। मञ्जु मिश्रले आर्थिक र सांस्कृतिक रुपमा उस्तै भएको नेपाल र अफ्रिकाको चलचित्र संस्कृति आदान प्रदानकै लागि महोत्सव आयोजना गर्दै आएको बताइन् ।

त्यस्तै प्रतिनिधि सभाकी सांसद मन जिसीले नेपाल र अफ्रिकाको सांस्कृति आदान​ प्रदानको लागि यो महोत्सव निकै उपयोगी हुने बताइन् ।

कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र निर्देशक समाजका महासचिव जनकद्धिप पराजुली, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रिय, अभिनेता धिरेन शाक्य लगायतको उपस्थिती रहेको कार्यक्रममा नेपाली चलचित्र, गीत संगीत तथा सौन्दर्य कला क्षेत्रमा एकदेखि तीन दशकभन्दा लामो समयसम्म योगदान पु¥याएका विभिन्न व्यक्तिलाई कार्यक्रममा सम्मान गरियो ।

प्रकाशित : 30 May, 2022

प्रतिक्रिया दिनुहोस्