तारा एयर दुर्घटनाः १६ शव संकलन

सहयात्रा टिभी

काठमाडौँ । जेठ १६, आइतबार बिहान दुर्घटनाग्रस्त तारा एयरमा सवार १६ जनाको शव फेला परे पनि फेला परेका शवको पहिचान हुन सकेको छैन ।

सुरक्षाकर्मी र स्थानीयहरुको सहयोगमा खोजीकार्य जारी रहेको भए पनि भेटिएका सबैको शवको पहिचान हुन सकेको छैन ।

सबै शव संकलन भएपछि काठमाडौं ल्याएर पोष्टमार्टममार्फत आफन्तलाई जिम्मा लगाउने तयारी भएको छ ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटिएको थियो ।

चालक दलका तीन सदस्य सहित २२ जना सवार तारा एयरको जहाज आइतबार बिहान १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन बनेको थियो ।

आइतबार दिनभर खोजी कार्य गरे पनि खराब मौसमका कारण सोमबार बिहान मात्रै जहाज भेटिएको थियो ।

मुस्ताङका सशस्त्र प्रहरी प्रमुख डीएसपी मोहनजंग कार्कीका अनुसार अहिले दुर्घटनास्थल क्षेत्रमा पानी परिहेकाले संकलन कार्य पनि अवरोध सिर्जना भएको छ ।

प्रकाशित : 30 May, 2022

प्रतिक्रिया दिनुहोस्