अब सरकारमा बस्नेले स्वदेशी वस्तु नै प्रयोग गर्छन्ःअर्थमन्त्री

सहयात्रा टिभी

काठमाडौँ । जेठ १६, अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी बस्तुको प्रयोग सरकारबाटै सुरु गर्ने विषयलाई बजेटमा उच्च प्राथमिकता दिइएको बताएका छन्।

आगामी आर्थिक वर्षको बजेटबारे अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।
अब सरकारले स्वदेशी वस्तु नै प्रयोग गर्नुपर्छ। विस्कुट त चाहियो तर त्यो पनि स्वदेशी आओस्। स्यानिटाइजर स्वदेशी आओस्। मास्क पनि स्वदेशी आओस्।

सुरु कस्ले गर्ने तरु सरकारले थाल्नुपर्‍योु, उनले भने, ुसरकारमा बस्ने पहिले हामीले नै सुरु गर्नुपर्‍यो। त्यसो गर्ने प्रतिवद्धता हामीले गरेको छौं।

उनले धागो कारखाना र कपडा उद्योगलाई पनि सहुलियत दिने बताए। हामीसँग धागो कारखाना छ। कपडा उद्योग छ। निजी धागो कारखाना छ।

तिनलाई पनि सहुलियत दिँदैछौँ, उनले भने, हामी सुविधा दिँदैछौँ। बिजुलीमा सुविधा दिन्छौँ। निर्यात गर्दा नगद सुविधा दिन्छौँ। हामी उनीहरुलाई उत्साहित गर्न खोजिराखेका छौँ। टायर उद्योग, रवर उद्योग त्यत्तिकै छ। त्यसलाई बेच्नुपर्ने अवस्था छ।

प्रकाशित : 30 May, 2022

प्रतिक्रिया दिनुहोस्