चेल्सीको नयाँ मालिक अमेरिकी धनाढ्य बोहली

सहयात्रा टिभी

काठमाडौँ । जेठ १७, इंग्लिस क्लब चेल्सीको किनबेच प्रक्रिया पूरा भएको छ । अमेरिकी धनाढ्य टोड बोहली र उनको नेतृत्वमा रहेको क्लियरलेक क्यापिटल कन्सोर्टियमले आधिकारिक रुपमा चेल्सी किनेका हुन् ।

धनाढ्य बोहलीले सोमबार एक विज्ञप्ति निकाल्दै ४.२५ विलियन पाउण्डमा चेल्सी खरिद गरेको जानकारी दिएका छन् ।

चेल्सी किनेपछि बोहलीले क्लबको संरक्षक बन्न पाउँदा सम्मानित महसुस गरेको बताएका छन् ।

‘हामी चेल्सी फुटबल क्लबको नयाँ संरक्षक बन्न पाउँदा सम्मानित छौं,’ उनले भनेका छन्।

चेल्सीका मालिक तथा रसियन अर्वपति रोमन अब्रामोविचले बेलायतमा बस्न प्रतिबन्ध लागेपछि चेल्सी बेचेका हुन् ।

रोमनले २००४ मा चेल्सी किनेका थिए ।

प्रकाशित : 31 May, 2022

प्रतिक्रिया दिनुहोस्