अफ्रिकी मुलुक चाडको सुनखानीमा झडप, १०० मजदुरको मृत्यु

सहयात्रा टिभी

काठमाडौँ । जेठ १७, अफ्रिकी देश चाडको एउटा सुन खानीका मजदुरहरूबीच भएको झडपमा करिब १०० जनाको मृत्यु भएको छ । झडपमा ४० जनाभन्दा बढी घाइते भएका त्यहाँको रक्षामन्त्रालयले जानकारी दिएको छ ।

लिबियाको सीमाना नजिकको तिबेस्ती पर्वतको कोरी बोगौडीस्थित खानीमा हिंसा भड्किएको समाचारमा जनाइएको छ । सो क्षेत्र राजधानी एनडीजामेनाबाट करिब १ हजार किलोमिटर टाढा पर्छ ।

१० वर्ष पहिले त्यहाँ सुनको खोजी गर्ने क्रममा चाड र छिमेकी देशहरूबाट खानी मजदुर आकर्षित भएका थिए । सुन झिक्ने विषयमा उनीहरूबीच बारम्बार तनाव हुने गरेको छ ।

पछिल्लो झडप मौरिसियाली र लिबियाली मजदुरबीच भएको जानकारी दिइएको छ । घटनास्थलमा ठूलो संख्यामा सेना परिचालन गरिएको अधिकारीहरुले बताएका छन् ।

प्रकाशित : 31 May, 2022

प्रतिक्रिया दिनुहोस्