श्रीलंकाले तेल किन्न भारतसँग माग्यो ५० लाख डलर ऋण

सहयात्रा टिभी

काठमाडौँ । जेठ १७, श्रीलंकाले तेल खरिदका लागि भारतसँग ५० लाख डलर ऋण सहयोग मागेको छ ।

आर्थिक संकट भोगिरहेको श्रीलंकाले भारतसँग उक्त रकम मागेको हो ।श्रीलंकाली राजदूत मिलिन्डा मोरागोडाले भारतकी अर्थमन्त्री निर्मला सीथारमनलाई गत हप्ता भेटी सहयोगबारे कुरा गरेको डेली मिरर पत्रिकाले लेखेको छ । सन् १९४८ मा स्वतन्त्र भएपछि श्रीलंका ठूलो आर्थिक संकटमा छ ।

इन्धन र खाद्यान्न आपूर्ति गर्न नै रकमको अभाव भएपछि श्रीलंकामा उपभोग्य सामाग्रीको अभाव छ । उसले ठूलो ऋण सहयोग लिन थालेको छ ।

श्रीलंकाको पत्रिकाले भारतले थप १ अर्ब डलर ऋण सहयोग दिन लागेको उल्लेख गरेका छन् । उक्त रकम अत्यावश्यक सामाग्रीको आपूर्तिका लागि भनिएको छ ।

 

 

प्रकाशित : 31 May, 2022

प्रतिक्रिया दिनुहोस्