महिलामाथि हुने भेदभाव नियन्त्रण गर्न सरकार प्रतिबद्ध छःप्रधानमन्त्री
सहयात्रा टिभी
काठमाडौँ । जेठ १७, धानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबै किसिमका भेदभावपूर्ण व्यवहारलाई नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले महिलाको समग्र उत्थान र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन्।
उनले महिलाविरूद्ध हुने हिंसाजन्य कार्य र शोषणलाई कानुनले दण्डनीय हुने व्यवस्था गरेको बताएका छन्। उनले राज्यका सबै निकायमा महिलाको समानुपातिक समावेशिता सुनिश्चित भएको समेत दाबी गरेका छन्।
उनले नेपालको लैङ्गिक विकास सूचकांकमा भएको सुधारबाट राज्यले महिला हकअधिकारको क्षेत्रमा अवलम्बन गरेका नीति र कार्यक्रमबाट राम्रो प्रतिफल प्राप्त भएको मान्न सकिने तर्क गरेका छन्।