ज्यान मुद्दामा धनुषाबाट एक नवनिर्वाचित जनप्रतिनिधि पक्राउ

सहयात्रा टिभी

काठमाडौँ । जेठ १७, प्रहरीले धनुषाबाट एक जनप्रतिनिधिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शहीदनगर नगरपालिका ९ का नवनिर्वाचित वडासदस्य राजेश बिराजी रहेका छन् ।

ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेका बिराजीलाई कार्यपालिका सदस्य छनोट गर्नका लागि सोमबार मतदान गर्न आएको बेला प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका बिराजीमाथि अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रकाशित : 31 May, 2022

प्रतिक्रिया दिनुहोस्