म्याग्दीका स्थानीय तहले आइतबार विदा नदिने

सहयात्रा टिभी

काठमाडौँ । जेठ १७, म्याग्दीका स्थानीय तहले आइतबार सार्वजनिक विदा नदिने भएका छन् ।

नगर र गाउँपालिकामा नयाँ नेतृत्व निर्वाचित भएपछिको पहिलो बैठकले संघीय सरकारले घोषणा गरेको आइतबार सार्वजनिक विदा दिने निर्णय नमान्ने निर्णय गरेका हुन् ।

मंगलबार दुर्गम धवलागिरि गाउँपालिकाको कार्यापालिका बैठकले पालिका कार्यालय, वडा कार्यालय र विद्यालयहरु शनिबार वाहेक आइतबार–शुक्रबार नियमित संञ्चालन गर्ने निर्णय गरेको छ ।

यसअघि बेनी नगरपालिका, मालिका, मंगला र अन्नपूर्ण गाउँपालिकाले पनि आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय गरेका थिए ।

प्रकाशित : 31 May, 2022

प्रतिक्रिया दिनुहोस्