नेप्से परिसूचकको ओरालो यात्रा जारी

सहयात्रा टिभी

काठमाडौँ । जेठ १७, धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएसँगै लगातार दुई दिन नै शेयर बजारमा कारोबार मापक नेप्से ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५.५३ अङ्कले ओरालो लागेर दुई हजार १३७.९२ मा ओर्लेको छ । त्यस्तै, ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ७.११ अङ्कले ओरालो लागेर ४१५.६३ मा सीमित भएको छ ।

कूल २२९ कम्पनीको ३७ लाख ६९ हजार ८१२ कित्ता शेयर रु एक अर्ब ३१ करोड ७६ लाख ९९ हजार ९० मूल्यमा खरिद बिक्री भए ।कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोष उपसमूहको मात्रै शेयर मूल्य उकालो लागेको छ ।

अन्य अरु सबै उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । सामूहिक लगानी कोष ०.०७ अङ्कले उकालो लाग्दा बैंकिङ २९.०१, व्यापार ३३.१५, होटल तथा पर्यटन ३४.३३, विकास बैंक ५४.२६, जलविद्युत् ३०.८७, वित्त २४.११, निर्जीवन बीमा २३६.४२, उत्पादन ४०.०८, अन्य २६.६७, लघुवित्त ७४.७२, जीवन बीमा ७१.८४ र लगानी ०.८२ अङ्कले ओरालो लागेको छ ।

प्रकाशित : 31 May, 2022

प्रतिक्रिया दिनुहोस्