अ‍ेमेरिकामा स्नातक समारोहमै गोली चल्दा एकको मृत्यु

सहयात्रा टिभी

काठमाडौँ । जेठ १७, अमेरिकाको विद्यालयमा फेरि बन्दुक हमला भएको छ ।

मंगलबार न्यु अर्लिन्सको हाईस्कूलको स्नातक समारोहमा बन्दुकधारीले चलाएको गोली लागेर एक वृद्धाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

मोरिस जेफ हाई स्कूलका स्नातकहरू भेला भएको दिक्षान्त केन्द्रबाहिर गोलाबारी भएको न्यु अर्लियन्स प्रहरीले जनाएको छ । ।

गोली लागेर घाइते भएका तीनै जना व्यक्ति स्नातक समारोहमा भाग लिन त्यहाँ आएका प्रहरी प्रवक्ता ग्यारी सिटले बताए ।

गत मंगलबार टेक्सासको उभल्देस्थित रोब इलिमेन्ट्री स्कूलमा एक बन्दुकधारीले गोली चलाउदा १९ बालबालिकासहित २१ जनाको मृत्यु भएको थियो । एजेन्सी

 

प्रकाशित : 1 June, 2022

प्रतिक्रिया दिनुहोस्