संसदीय समिति हेरेफर, ओली नेपाल एउटै समितिमा

सहयात्रा टिभी

काठमाडौँ । जेठ १८,सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समिति र कार्यव्यवस्था समितिका सदस्यहरू हेरफेर गरेका छन् ।

उनले मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा समिति सदस्य हेरफेर गरिएको जानकारी दिए ।समितिका सहस्यहरू हेरफेर भएपछि नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाअन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य भएका छन् ।

सोही समितिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पहिलेदेखि नै सदस्य रहदै आएका छन् । अब हुने अन्तर्राष्ट्रिय समितिको बैठकमा ओली र नेपाल दुवैको सहभागिता रहने भएको छ ।

यसअघि आफ्नो दलले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदको कारवाहीको सूचना सभामुखले टाँस नगरेको भन्दै एमालेले ९ महिना प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको थियो ।

अध्यक्ष ओली २०७४ सालमा प्रतिनिधिसभाको चुनाव जितेपछि प्रधानमन्त्री भएका कारण कुनै पनि संसदीय समितिको सदस्य रहेका थिए।

राजनीतिक पार्टीको संसदीय दलले पठाएको विवरण र सांसदहरूको छनौटअनुसार सभामुखले सांसदहरूलाई विभिन्न समितिका लागि छनोट गरेका थिए।

 

प्रकाशित : 1 June, 2022

प्रतिक्रिया दिनुहोस्