साढे चार करोडको लागतमा चिल्ड्रेन पार्क

काठमाडौँ । जेठ १८, बालबालिकाको मनोरञ्जनाका लागि इलाममा चिल्ड्रेन फनपार्क निर्माण भएको छ ।
इलाम नगरपालिका ७ इलाम बजारमा सो पार्क निर्माण भएको हो । इलाम नगरपालिकाले साढे चार करोड लगानी गरेर फनपार्क निर्माण गरेको हो ।
विशेष गरी बालबच्चाको मनोरञ्जनका लागि निर्माण भएको पार्कमा बालबालिकालाई घुमाएर वयस्कहरुले समेत रमाइलो गर्ने गरेका छन् । बालबालिकालाई खेल्नका लागि विभिन्न सामग्री निर्माण गरिएको छ ।
फनपार्कमा १४ वटा खेल्ने सामग्री र १६ वटा अन्य भौतिक वस्तु निर्माण गरिएको इलाम नगरपालिकाका इञ्जिनियर दिपक गुरागाईंले जानकारी दिए ।
उनका अनुसार शौचालय, पिलर अप लाईट, वालअफ नलेज, प्रवेशद्वार, टिकट काउन्टर, क्यान्टिन निर्माण गरिएको छ ।
फनपार्क ठेक्कामार्फत निर्माण भएको हो । पार्क निर्माण सम्पन्न गर्न चार करोड ५७ लाख ४१ नौ सय ७७ रुपैयाँको लागानी रहेको इलाम नगरपालिकाले जानकारी दिएको छ ।
नगर विकास कोषको तीन करोड ३५ लाख ३० हजार ऋण र इलाम नगरपालिकाको एक करोड २२ लाख फनपार्क निर्माणमा लगानी गरिएको छ ।