खुमलटारमा नेता र मन्त्रीको भेटघाट बाक्लियो
सहयात्रा टिभी
काठमाडौँ । जेठ १८, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ललितपुुर खुमलटारस्थित निवासमा फेरि नेताहरुको भेटघाटले तीब्रता लिएको छ ।
हिजो दिउँसो उहाँ ललितपुर,काभ्रेपलाञ्चोक र भक्तपुरको सीमानामा रहेको लाँकुरी भञ्ज्याङस्थित एउटा आलिसान रिसोर्टमा बास बस्नु जानुभएको थियो ।
त्यसअगाडि बिहान खुमलटारमा उहाँसँग भेट गर्न धेरै जना नेता पुग्नुभएको हो । सबैभन्दा पहिले उहाँलाई भेट्न नेपाली काँग्रेसका नेता रमेशजंग रायमाझी जानुभएको थियो ।
रायमाझी बिहान ७ बजे त्यहाँ पुग्नुभएको हो । त्यसपछि अध्यक्ष दाहालसँग भेट्न ऊर्जामन्त्री पम्फा भुसाल जानुभयो । भुसाल खुमलटार पुग्दा बिहान पौने ९ बजेको थियो । उहाँ अध्यक्षलाई आधा घण्टा भेटेर बाहिरिनुभएको हो ।