नेसन्स कपमा पोल्यान्डको विजयी

काठमाडौँ । जेठ १९, युइएफए नेसन्स कपमा पोल्यान्ड विजयी भएको छ।
वेल्सलाई २.१ गोल अन्तरले पराजित गर्दै पोल्याण्डले विजयी सुरुवात गर्न सफल भयो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा निस्किएका थिए।
५२ औं मिनटमा जोनी विलियम्सको गोलको मद्दतले वेल्सले अग्रता लिएको थियो।
तर, ७२औं मिनेटमा पोल्याण्ड खेलमा फर्कियो। उसका जाकुब कामिन्सकीले गोल गर्दै पोल्यान्डलाई १.१ को बराबरीमा ल्याएका थिए।
८५ औं मिनेटमा करोल स्विडरस्कीले गोल गरेपछि अन्ततः पोल्याण्ड २.१ गोल अन्तरले विजयी भयो।
पोल्याण्ड समूह ए मा ३ अंकका साथ शीर्ष स्थानमा छ। यो समूहमा वेल्स, वेल्जियम र नेदरल्याण्ड्स रहेका छन्।