५ देखी ११ वर्षका बालबालिकालाई फाइजर खोप

काठमाडौँ । जेठ १९, सरकारले ५ देखी ११ वर्ष उमेर समुहका बालबालिकालाई फाइजर खोप लगाउने भएको छ ।
विश्व स्वास्थ्य संगठन ध्ज्इ अन्तर्गतको कोभ्याक्स सुविधामा नेपालले थप फाइजर खोप पाउने टुंगो लागेसँगै बालबालिकालाई लगाउने सुनिश्चित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोभ्याक्स सुविधाको खोप असार पहिलो सातादेखि क्रमिक रुपमा नेपाल ल्याइने मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाले बताए। खोप आएसँंगै बालबालिकामा लगाउने काम पनि संगै शुरु हुने चौरासियाको भनाइ छ ।