म्यानमारमा विस्थापितको सङ्ख्या १० लाखभन्दा बढी राष्ट्रसंघ

सहयात्रा टिभी

काठमाडौँ । जेठ २०, म्यानमारमा सेनाले निर्वाचित सरकारलाई हटाई शासन सम्हालेपछि अहिलेसम्म राजनीतिक रूपमा विस्थापितहरूको सङ्ख्या पहिलो पटक १० लाखभन्दा माथि पुगेको छ।

मनसुन नजिकिँदै गइरहेको र प्रजातन्त्रको पक्षमा प्रदर्शनहरू चलिरहँदा यसको मारमा सर्वसाधारण परिरहेको भन्दै यसको नतिजा ‘भयानक’ आउने चेतावनी संयुक्त राष्ट्रसंघीय निकायले बुधबार दिएको हो।

संयुक्त राष्ट्रसंघको मानवीय मामिलासम्बन्धी समन्वय कार्यालय युएनओसीएचएले मङ्गलबार सार्वजनिक रिपोर्टअनुसार गत वर्ष आङ सान सुकी सरकारलाई अपदस्थ गरी सैनिक शासन सुरू भएदेखि झन्डै सात लाख मानिसहरू आफ्नो घर छोडेर भाग्न बाध्य भएका छन्।

सेनाले आफ्ना सैनिक शासनको विरोधमा लड्न सुकीको दलका नेता तथा कार्यकर्ता, उहाँका शुभचिन्तक र सर्वसाधारणले विभिन्न समूहहरू बनाएर म्यानमारको सेनाप्रति वफादार प्रशासनविरूद्ध आन्दोलन गर्दै आएको छ।

अधिकारवादी समूहको भनाइअनुसार सेनाले पनि आन्दोलनलाई दबाउन गाउँ तथा शहरहरूमा पसी आन्दोलनकारी समूह तथा सर्वसाधारणसमेतलाई सुरक्षा कारबाहीको बहानामा गैर न्यायिकरूपमा हवाई तथा स्थल कारबाहीहरू गर्ने गरेको छ।

म्यानमारमा गत बर्षको फेब्रुअरीमा सेनाले निर्वाचित सरकारलाई अपदस्थ गर्नुभन्दा पहिले नै करिब तीन लाख ४६ हजार मानिसहरू विस्थापित भइसकेका मानब अधिकारवादी समूहहरूको रिपोर्टमा उल्लेख छ।

प्रकाशित : 3 June, 2022

प्रतिक्रिया दिनुहोस्