इस्मामा १२ सम्म निःशुल्क शिक्षा

सहयात्रा टिभी

गुल्मी । जेठ २०, गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले गाउँ कार्यपालिकाको पहिलो बैठक मार्फत विभिन्न विषयगत समिति गठन गरेको छ ।

बैठकमा गाउँपालिकाका आम जनताकाको मनोभावना बुझेर विभिन्न महत्वपूर्ण निर्णय गरेका गरिएको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए ।

गाउँपालिकामा टपरी उद्योग स्थापना गर्ने बताउँदै अध्यक्ष खड्काले भने, “कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्नेछौं । स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ताको व्यवस्था गर्नेछौं ।” अध्यक्ष खड्काले प्रत्येक वडामा विद्युत र खानेपानीलाई व्यवस्थित गर्नका लागि कर्मचारीसमेत खटाइने बताए । कृषि र पशु सेवा केन्द्र स्थापना गर्ने उनले बताए ।

प्रकाशित : 3 June, 2022

प्रतिक्रिया दिनुहोस्