सार्वजनिक सवारीको भाडा घट्यो
सहयात्रा टिभी
काठमाडौँ । जेठ २०, यातायात व्यवस्था विभाले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडादर घटाएको छ ।
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेसँगै स्वचालित भाडादर अनुसार गाडीभाडा घटेको हो ।
यात्रुबाहक सवारीमा २, पहाडी जिल्लामा २ प्रतिशत, तराईका जिल्लामा २.६ प्रतिशत भाडा घटेको विभागले जनाएको छ ।