कोरोनाका बेला चीनबाट नेपाल फर्केका विद्यार्थी फेरि जान पाउने

काठमाडौँ । जेठ २०, कोभिड १९ महामारीको अवधिमा दुई वर्षअघि नेपाल फर्की आएका र लकडाउनका कारण पुनअध्ययन गर्न जान नपाएका चीनका विभिन्न विश्वविद्यालयहरूमा चिकित्सा शिक्षा अध्ययनरत नेपाली विद्यार्थीहरू अब जान फेरि चीनमा अध्ययन गर्न पाउने भएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गरी पहिलो चरणमा २८१ जना विद्यार्थीहरूलाई अध्ययन निरन्तरताका लागि चीन लैजाने प्रक्रिया खुला गरेको जनाएको छ हो।
यस्तै, मन्त्रालयले सो सूचीमा रहेका विद्यार्थीहरूले भिसा प्राप्तिका लागि अविलम्ब निवेदन गर्न समेत अनुरोध गरेको छ।