बंगलादेशको एक डिपोमा विस्फोट, १६ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौँ । जेठ २२, बंगलादेशको दक्षिण पूर्वी सीताकुण्ड शहरको एक डिपोमा विस्फोट हुँदा १६ जनाको मृत्यु भएको छ ।

आइतबार बिहान भएको घटनामा एक सयभन्दा बढी मानिस घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दे बीबीसीले जनाएको छ ।

उक्त शहरको एक कन्टेनर भण्डारणमा आगलागी भएको खबर दिएर अग्नि नियन्त्रक टिमलाई बोलाएलगत्तै विष्फोट भएको हो ।

घाइतेहरुको उपचार भइरहेको एक अस्पतालका चिकित्सकले समाचार संस्था एएफपीलाई बताएअनुसार घाइतेमध्ये २० जनाको अवस्था अत्यन्तै गम्भीर रहेको छ । उनीहरुको शरीरको भाग ६० देखि ९० प्रतिशतसम्म जलेको छ ।

विस्फोट अघिको आगलागीको कारण खुल्न नसकेको अधिकारीहरुले बताएका छन् । यद्यपि, डिपोमा रहेका केही कन्टेनरमा रासायनिक पदार्थ भण्डारण गरिएको हुन सक्ने स्थानीय संचारमाध्यमले जनाएका छन् ।

प्रकाशित : 5 June, 2022

प्रतिक्रिया दिनुहोस्