पाकिस्तानका ४ मध्ये ३ प्रान्त खाद्यान्न अभावबाट ग्रस्त

सहयात्रा टिभी

काठमाडौँ । जेठ २२, पाकिस्तानको बलुचिस्तान, खैबर पख्तुनख्वा र सिन्ध प्रान्तहरू तीव्र खाद्य अभावबाट ग्रस्त भएको पछिल्लो ग्लोबल रिपोर्टले जनाएका छन्।

खाद्यान्न र इन्धनको मूल्यमा भएको वृद्धि, खडेरीको अवस्था, पशुपक्षी रोग र बेरोजगारी समस्याले राष्ट्रिय खाद्यान्नको मूल्य वृद्धिमा योगदान गरेको पाकिस्तानी पत्रिका डनले रिपोर्ट गरेको छ।

यसबाहेक, धेरै पाकिस्तानी पशु पालकहरूले चरन र पानीको पहुँच, दाना खरिद गर्न समस्या, पशु चिकित्सा सेवाहरू पहुँच गर्न कठिनाइ, प्रचलित पशु रोगहरूका कारण बाली र पशुधन उत्पादनमा कमी आएकोमा चिन्ता व्यक्त गरेका छन्।

बलुचिस्तान र सिन्धमा वर्षाको कमीले पशुधन र बाली उत्पादनमा उल्लेखनीय कमी आएको डनले रिपोर्ट गरेको छ।

यसबाहेक, जुलाई र अगस्ट दुवैमा बलुचिस्तान र सिन्धले आफ्नो जीविकोपार्जनमा खडेरीले प्रतिकूल असर परेको रिपोर्ट गरेका थिए।

प्रकाशित : 5 June, 2022

प्रतिक्रिया दिनुहोस्