युक्रेनलाई पराजित गर्दै ६४ वर्षपछि वेल्स विश्वकपमा

सहयात्रा टिभी

काठमाडौँ । जेठ २३, युक्रेनलाई १-० ले पराजित गर्दै वेल्स एसियाली मुलुक कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ ।

आइतबार राति युरोपेली छनोटअन्तर्गत भएको प्लेअफमा खेलको ३४ औं मिनेटमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले आत्माघाती गोल गरे । वेल्सको जितका लागि उक्त गोल निर्णायक बन्यो । वेल्सको यो जितसँगै युक्रेनको विश्वकप खेल्ने सपना अधुरो बनेको छ ।

योसँगै वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट भएको छ । सन् १९५८ पछि पहिलो पटक वेल्स विश्वकपमा छनोट भएको हो ।

अब, समूह बी इंग्ल्यान्ड, अमेरिका र इरानसँगै वेल्सले खेल्नेछ ।

प्रकाशित : 6 June, 2022

प्रतिक्रिया दिनुहोस्