बजेटमा आजदेखि मन्त्रालयगत छलफल हुँदै

सहयात्रा टिभी

काठमाडौँ । जेठ २३, आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा आजदेखि मन्त्रालयगत छलफल हुने भएको छ । बजेटमाथिको सैद्धान्तिक छलफल सकिएपछि मन्त्रालयगत छलफल शुरू हुन लागेको हो ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेन बस्दैछ ।

संसद सचिवालयका अनुसार आज कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट संघीय संसदमा पेश गरेका थिए । जेठ १७ गतेदेखि उक्त बजेटमाथि सैद्धान्तिक छलफल भएको थियो ।

प्रकाशित : 6 June, 2022

प्रतिक्रिया दिनुहोस्