एसियन कप छनोटःजोर्डनको सामना गर्दै नेपाल

सहयात्रा टिभी

काठमाडौँ । जेठ २५, एएफसी एसियन कप छनोटमा आज नेपालले जोर्डनको सामना गर्दैछ। छनोटको तेस्रो चरणअन्तर्गत नेपालले आज राति बलियो टिम जोर्डनसँग खेल्दैछ।

नेपाल र जोर्डनबीचको खेल राति १ बजे हुनेछ। कुवेतको जाबिर अल अहमद रंगशालामा खेल हुनेछ।नियमित कप्तान किरण चेम्जोङसहितका पहिलो रोजाइका ११ खेलाडीलाई टिम बाहिर राखेर नेपाली टोली प्रतियोगिता खेल्न गएको छ।

मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १३ वैशाखमा १० सिनियर खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए।प्री म्याच कन्फरेन्समा अलमुताइरीले जोर्डनविरुद्धको खेल दबाबरहित भएर खेल्ने बताए।

उनले नेपाली राष्ट्रिय टिमका लागि उक्त खेल महत्वपूर्ण भएको र उत्कृष्ट नतिजाका लागि प्रयास गर्ने बताए।

अलमुताइरीले आफू २०२६ को विश्वकप छनोटको तयारीका लागेको पनि खुलासा गरे। उनले अहिले टिममा औसत २१ वर्ष उमेरका खेलाडी रहेका भन्दै उनीहरुलाई लिएर आफूले सन् २०२६ को विश्वकप छनोटको तयारी गरिरहेको बताए।

किरणको अनुपस्थितिमा फरवार्ड नवयुग श्रेष्ठले कप्तानीको जिम्मेवारी पाएका छन्। कुवेत जानुअघि नेपालले कतारको दोहामा ३ मैत्रीपूर्ण खेलसहित १० दिनको तयारी गरेको थियो।

प्रकाशित : 8 June, 2022

प्रतिक्रिया दिनुहोस्