महिला कर्मचारीलाई तलबसहित ३ महिना बढी प्रसूति विदा दिन निर्देशन

सहयात्रा टिभी

काठमाडौँ । जेठ २५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रसूति विदा नियमअनुसार दिन सरकारी निजी तथा गैरसरकारी संघ संस्थाहरुलाई निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै महिला कर्मचारीहरूबाट नियमअनुसार प्रसूति विदा नदिएको गुनासो आइरहेको भन्दै त्यसका लागि ९८ दिन तलव सहितको विदा दिन निर्देशन दिएको हो ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ मा निजी र सरकारी गैरसरकारी संघ–संस्थामा कार्यरत महिला कर्मचारीलाई सुत्केरी हुनुअघि वा पछि कम्तीमा ९८ दिनसम्मको तलव सहितको प्रसूति विदा पाउने व्यवस्था छ ।

 

प्रकाशित : 8 June, 2022

प्रतिक्रिया दिनुहोस्