मेलम्चीको बाढीले अस्थायी पुलमा क्षति

सहयात्रा टिभी

काठमाडौँ । जेठ २६, सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले मेलम्ची नगरपालिका वडा नम्बर ७ र ११ लाई जोड्न ह्युमपाइप राखेर बनाइएको अस्थायी पुलमा क्षति पुर्याएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रकाश सापकोटाका अनुसार फड्केश्वरी भन्ने स्थानमा ह्युमपाइप राखेर बनाइएको स्थानमा बाढीले क्षति पुर्याएको हो ।

अहिले त्यहाँ डोजर प्रयोग गरेर मर्मत गर्ने काम भइरहेको उनले जानकारी दिए । मर्मतको काममा मेयर आइतमान तामाङसहितको टोली खटिएको छ ।

प्रकाशित : 9 June, 2022

प्रतिक्रिया दिनुहोस्