आज ओमानसँग खेल्दै नेपाल

सहयात्रा टिभी

काठमाडौँ । जेठ २६, आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज नेपालले ओमानको सामना गर्दै छ।

अमेरिकाको टेक्सासस्थित पर्लल्याण्डमा हुने खेल नेपाली समयअनुसार बेलुका सवा ९ बजे सुरु हुनेछ। यसअघि बुधबार भएको खेलमा ओमान अमेरिकासँग ११४ रनको फराकिलो अन्तरले पराजित भएको थियो।

लिगमा ३३ खेल खेलिसकेको ओमान ४० अंकका साथ लिगको शीर्षस्थानमा छ। नेपालले भने १२ खेलबाट १२ अंकसहित लिगको छैटौं स्थानमा छ।

 

 

 

प्रकाशित : 9 June, 2022

प्रतिक्रिया दिनुहोस्