अज्ञात रोगबाट एक वर्षमा ६ शिशुको मृत्यु

काठमाडौँ । जेठ २६, अज्ञात रोगका कारण धमाधम शिशुको मृत्यु हुन थालेपछि जयपृथ्वी नगरपालिका १ को भण्डार गाउँमा त्रास फैलिएको छ ।
स्थानीयका अनुसार बान्ता, पिसाब र श्वासबाट पेट्रोल, डिजेलको जस्तो गन्ध आउने अनौठो खालको लक्षण देखिएपछि शिशुको मृत्यु हुने गरेको छ ।
यस्तै लक्षण देखिएर यही गाउँमा एक वर्षभित्र ६ शिशुले ज्यान गुमाइसकेका छन् । शिशुहरूमा भएको संक्रमणको निदान जिल्लामा हुन नसकेपछि धनगढी पठाइएको जिल्ला अस्पतालका डा. मिलन खड्काले बताए ।
कुपोषण वा दूषित खानाले हो कि भनेर बुझ्न गाउँमा टोली पनि पठायौं तर केही पत्ता लाग्न सकेन,’ उनले भने । यो घटनामा विज्ञहरूबाटै अध्ययन जरुरी भएको उनको भनाइ छ ।